१३ बैशाख २०८१, बिहिबार

रोनाल्डो र मेस्सीलाई पछि पार्दै स्वारेजलाई पहिलो पटक गोल्डेन बुट


luis_suarez_reuters

क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै बार्सिलोनाका स्टाइकर लुइस स्वारेज स्पेनिस ला लिगाको गोल्डेन बुट जित्ने भएका छन्।

ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो।

शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वारेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे। योसँगै उनको ला लिगामा यो सिजन ४० गोल पुरा भएको छ।

पछिल्ला ५ खेलबाट १४ गोल गरेका उनले गत वर्षका टप स्कोरर रियल मड्रिडका रोनाल्डोलाई पाँच गोलले पछि पारे।

बार्सिलोनाका मेस्सीले यो सिजन ला लिगामा २६ गोल गरेका छन् ।

उरुग्वेकका स्वारेजले यो सिजन ला लिगामा ३५ खेल खेले भने यो सिजन सबै प्रतियोगितामा गरेर ५२ खेलमा ६० गोल गरेका छन् ।

स्वारेजले अब गोल्डेन बुट र पिचिचि अवार्ड पाउने छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !