१३ बैशाख २०८१, बिहिबार

इटाली अर्जेन्टिनाद्वारा पराजित


इटाली

एजेन्सी, १० चैत । मैत्रिपूर्ण फुटबलका लागि इंग्ल्याण्डमा रहेको अर्जेन्टिनाले विश्वकपमा छनोट हुन असफल तर बलियो युरोपियन प्रतिद्वन्द्वी इटालीलाई २-० ले हराउँदै विश्वकपमा दाबेदारी प्रस्तुत गरेको छ ।

निकै रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले इटालीलाई पराजित गर्दा अन्य मैत्रिपूर्ण फुटबल खेलपनि रोमाञ्चक बनेका थिए ।

अर्जेन्टिनाले इटालीविरुद्ध दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो । अर्जेन्टिनाले खेलको ७५ औं मिनेटमा बनेगाले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

लगतै अग्रता दोब्बर बनाउने क्रममा ८५ औं मिनेटमा लाञ्जिनीले गोल गरेका थिए । इंग्ल्यान्डसँग नेदरल्याण्ड पराजित शुक्रबार राति नै भएको खेलमा इंग्ल्याण्डले नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो । इंग्ल्याण्डका लागि निर्णायक गोल जेसस लिंङगार्डले सम्भव बनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !