७ बैशाख २०८१, शुक्रबार

नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले हार्याे


३ चैत, काठमाण्डौ । विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ । नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए । ५३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए । ३८ बल खेलेका उनले ३ चौका प्रहार गरे ।

कप्तान पारस खड्का २२ रनमा आउट भए । ३७ बल खेलेका पारसले ३ चौका प्रहार गरे । करण केसी १३ रनमा आउट भए । २४ बल खेलेका करणले ३ चौका प्रहार गरे । अनिल शाह ३० बलमा ८ रनसहित आउट भए ।

अनिल शाह ८ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए । सन्दिप लामिछाने १ चाैकासहित १४ रनमा अविजित रहँदा ललित राजवंशी २ रनमा अाउट भए ।

नेदरल्याण्डसका रे भन डेर मरवीईले नेपालको सर्वाधिक ४ विकेट लिए । एफजे क्लासेन र पीएम सेल्लरले समान २ विकेट लिए भने टी भन डेर गुगटेन र एस स्यानटेरले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !