१२ बैशाख २०८१, बुधबार

तिलोत्तमा गोल्डकपको उपाधिका लागि अाज थ्रीस्टार र पुलिस भिड्दै


tilo

३ चैत, बुटवल । तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धा दिउँसो ३ बजे शुरु हुनेछ ।

चारपटक तिलोत्तमा गोल्डकप जितेको पुलिस यो सिजनमा थ्रीस्टारसँग तेस्रोपटक भिड्न लागेको हो ।

आयोजक रुपन्देही ११ लाई हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको पुलिस पाँचौ पटक उपाधि जित्ने दाउमा छ । यस्तै सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । 

गोल्डकपको विजेताले सात लाख ७७ हजार ७ सय ७७  रुपैया र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !