७ बैशाख २०८१, शुक्रबार

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि


कोपा अमेरिका

एजेन्सी । २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९९३ मा यो उपाधि जितेतापनि त्यसपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको थिएन ।

साविक विजेता ब्राजिललाई उसकै खेल मैदानमा १-० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको हो । पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

पहिलो हाफमा खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

सन् १९९३ मा कोपाको उपाधि जितेपछि अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनलमा पुगेको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् ।

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !