६ बैशाख २०८१, बिहिबार

स्कटल्यान्डसँग नेपाल ४ विकेटले पराजित


nepalcricket team

२४ फागुन, काठमाण्डौ । विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।

नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६ बलको सामना गरेका उनले सात चौका र ३ छक्का हानेका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !