६ बैशाख २०८१, बिहिबार

कप्तान पारस खड्का ६३ रन बनाएसंगै क्याच आउट


pAARAS KHADKA

२४ फागुन, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जिम्बाव्बेमा जारी विश्वकप छनोट अन्तरगतको स्कटल्याण्डविरुद्धको खेलमा ६३ रन बनाएर  अाउट भए । उनी ७५ बलमा ९ चाैकासहित ६३ रन बनाएर अाउट भए ।

नेपाली कप्तान पारस खड्काले आफ्नो नेपाली क्रिकेट इतिहासमा भने एक हजार रन बनाउने खेलाडीको नाम लेखाएका छन् । उनी एक हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी पनि बनेका छन् । ३० खेल खेल्दै पारसले १०५४ रन बनाएका छन् ।

यतिबेला क्रिजमा बसन्त रेग्मी  र सन्दिप लामिछाने  संघर्षरत छन् । ८  विकेट गुमाएको नेपालको ताजा स्कोर १२६ रन पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !