१२ बैशाख २०८१, बुधबार

विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो


नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईलाई हराएको छ । आज बिहीबार कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका नेपालको लागि अञ्जन बिष्टले पेनाल्टीवापत पहिलो गोल गरेका हुन् । नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको चौथो मिनेटमा नै अग्रता लिएको थियो ।

यस्तै नेपालको लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन् । नवयुगले खेलको ८१ औ मिनेटमा नेपालको लागि दोस्रो गोल गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !