८ बैशाख २०८१, शनिबार

विश्वकप फुटबल छनोट : अञ्जन बिष्टले गरे नेपालको लागि पहिलो गोल


अञ्जन बिष्ट फाइल फोटो

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईविरुद्ध १ गोल गरेको छ । नेपालको लागि अञ्जन बिष्टले पेनाल्टीवापत पहिलो गोल गरेका हुन् ।

नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको चौथो मिनेटमा नै अग्रता लिएको हो । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो ।

उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !