१३ बैशाख २०८१, बिहिबार

प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी


second liverpool

एजेन्सी, २० फागुन । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी भएका छन् । प्रतियोगिता अन्र्तगत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–० ले हरायो ।

लिभरपुलका लागि ४० औं मिनेटमा मोहम्मेद सलाह र ५५ औं मिनेटमा साडियो मानेले गोल गरेका थिए । जितपछि लिभरपुल १ खेल कम खेलेको म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलवाट ६० र युनाइटेडको २८ खेलबाट ५९ अंक छ ।

अर्को खेलमा टोटेनह्यामले हडल्सफिल्डलाई पनि समान २–० ले नै पराजित गरेको छ । टोटेनह्यामको जितमा दुवै गोल खेलको २७ र ५४ औं मिनेटमा सन हिउङ मिनले गरेका थिए । जितपछि २९ खेलवाट ५८ अंक जोडेको टोटेनह्याम लिगको चौंथो स्थानमा यथावत् रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !