१२ बैशाख २०८१, बुधबार

नेपाल र हङकङबीचको अभ्यास खेल रद्द


Nepal Hongkong

१७ फागुन, जिम्बाबे । खराब मौसमका कारण अाइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल रद्द भएको छ। जिम्बाबेको क्वेक्वे मैदानमा हुने भनिएको खेल गएराती पानी परेर चिसिएको मैदान कारण रद्द भएको हो।

पचास ओभरको खेल समयमा सुरु हुन सकेको थिएन। लगत्तै खेल ३० ओभरमा झारिएको थियो। तर मैदानको अवस्था नसुध्रिएपछि खेल रद्द भएको हो।

विश्वकप छनौट अन्तर्गत नेपाली क्रिकेट टोलीले अब फागुन २० गते जिम्बाबे विरुद्ध पहिलो खेल खेल्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !