७ बैशाख २०८१, शुक्रबार

नेपाली क्रिकेट टोलीलाई आज सरकारले तिन लाख नगदसहित सम्मान गर्दै


cricket players

११ फागुन, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्दैछ ।

नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उच्च बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !