कुशल भुर्तेल बने टी–२० सिरिजको उत्कृष्ट खेलाडी, के पाए त उनले ? Nepalpatra कुशल भुर्तेल बने टी–२० सिरिजको उत्कृष्ट खेलाडी, के पाए त उनले ?
४ असार २०७८, शुक्रबार

कुशल भुर्तेल बने टी–२० सिरिजको उत्कृष्ट खेलाडी, के पाए त उनले ?


कुशल भुर्तेल

काठमाडौँ । नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका छन् ।

प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए ।

भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमान समेत बनाएका छन् ।

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !