१३ बैशाख २०८१, बिहिबार

नेपाल युएईसंग प्रतिस्पर्धा गर्दै


nepal kriket

२८ माघ, काठमाण्डौ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (आइतबार) बलियो टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । युएईविरुद्ध मैदान उत्रँदा नेपाल दोस्रो जितको खोजीमा रहनेछ । तर, युएईको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । किनकी पछिल्लो समय नेपाल युएईसँग स्तब्ध हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !