१२ बैशाख २०८१, बुधबार

बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा थ्रीस्टार र सुदूरपश्चिम भिड्दै


फुटबल

२३ माघ, सुनसरी । बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार सुदूरपश्चिम–११ र थ्रीस्टार क्लबवीच प्रतिष्पर्धा हुँदैछ । उक्त जारी खेल धरानमा दिउँसो तीन बजे प्रस्तावित क्षेत्रीय रंगशालामा हुने आयोजकले जनाएको छ ।

सुननसरीको इटहरीमा भर्खरै सम्पन्न मदन भण्डारी इटहरी गोल्डकपका विजेता थ्रीस्टार उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ भने सुदूरपश्चिम–११ थ्रीस्टारलाई पहिलो खेलवटै पाखा लगाउने दाउमा छ । यी दुई टिमवीचको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !