११ बैशाख २०८१, मंगलबार

१६ औँ आहा रारा गोल्ड कपमा पुलिस फाइनलमा


three-star

१८ माघ, कास्की । पोखरामा जारी १६ औँ आहा रारा गोल्ड कपमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइलमा स्थान बनाएको हो । अब विभागीय टिम पुलिसले उपाधिका लागि शनिबार थ्री स्टारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा थ्री स्टार पनि सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक रहँदै आएको छ । थ्री स्टारले चार पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । पुलिसको जीतमा सुमन लामाले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । प्रतियोगिताको चार पटकको विजेता पुलिसले यसअघि प्रि-क्वार्टर फाइलनमा झापा- ११ लाई पराजित गरेको थियो भने अन्तिम चारमा स्थान बनाउने क्रममा पाँच पटकको च्याम्पियन मनाङलाई पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !