७ बैशाख २०८१, शुक्रबार

अग्रवाललाई आइओएममा काम गर्न अवरोध


gajadis agrawal

१६ माघ, काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थानमा डिनको रूपमा काम गर्न जगदिश अग्रवाललाई त्रिभुवन विश्वविद्यालयले अवरोध गरेको छ । झण्डै १ महिनाअघि सर्वोच्चले पूर्वडिन शशी शर्मालाई ४ दिनका लागि पुनर्वहाली गरेपछि अग्रवालको डिन पद के हुने भन्ने अलमल थियो ।

पुस २८ गते अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच शर्माले ४ दिन काम गरेपछि अग्रवाललाई नै निरन्तरता दिने सम्झौता भयो । स्वास्थ्य मन्त्री दीपक बोहोराले केसीसँग सम्झौता गरेका थिए । शर्माको पदावधि सकिएपछि अग्रवालनै डिन कार्यालय  गइरहे पनि केही काम गर्न पाएका छैनन् । उनको कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् । ‘प्रशासकले डिन नियुक्तिको नयाँ प्रकृया सुरू गर्नुपर्छ भन्छन्,’ अग्रवालले भने, ‘अहिले मलाई काम गर्न रोकिएको छ। त्यसका कारण सबै काम ठप्प छ ।’

विश्वविद्यालयले उनको नियुक्तिमा कानुनी प्रश्न उठाएर कार्यसम्पादन गर्नमा उनलाई असहयोग गरेको हो । अदालतले शशी शर्मालाई पुनर्बहाली गरेपछि अग्रवालको नियुक्तिको वैधताबारे विश्वविद्यालय स्पष्ट नभएको उपकुलपति तिर्थ खनियाँले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !