१३ बैशाख २०८१, बिहिबार

रोनाल्डोले दुई गोल गर्दा भ्यालेन्सियामाथि रियलको सहज जित


rooo_MyXRSeD

एजेन्सी, १४ माघ । क्रिस्टियानो रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले भ्यालेन्सिया माथि ४-१ को प्रभावशाली जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रियललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे ।

भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा हराउने क्रममा रोनाल्डोको २ तथा मार्सेलो र टोनी क्रुसको नाममा एक-एक गोल रह्यो । रोनाल्डोले खेलको १६औं र ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई पहिलो हाफअघि नै २-० को अग्रता दिलाएका थिए ।

म्याड्रिडले पहिलो पेनाल्टी भ्यालेन्सियाका खेलाडीले फउल गरेपछि पाए भने दोस्रो पेनाल्टी करिम बेन्जिमालाई भ्यालेन्सियाका खेलाडीले धकेलेकाले पाएको हो । गएरातिको २ गोलसँगै रोनाल्डोले ला लिगामा यो सिजन गोल संख्या ८ पुर्यारउन सफल भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !