१३ बैशाख २०८१, बिहिबार

एफए कपमा लिभरपुल वेस्ट ब्रोमसँग स्तब्ध


leee_FaHhkj

एजेन्सी, १४ माघ । एफए कपअन्तर्गत चौथो चरणको खेलमा वेस्ट ब्रोमसँग लिभरपुल ३-२ ले स्तब्ध भएको छ । सुरुवातमा नै अग्रता लिए पनि लिभरपुल त्यस पछि लगातार गोल खान पुगेको थियो । भीआरएस सिस्टम हावी भएको खेलमा ८ पटकसम्म भिडियो रेफ्रीको सहयोग लिइएको थियो ।

३ पटकसम्म भिडियो रेफ्रीको निर्णायका लागि कुर्नु परेको थियो । भिडियो रेफ्री क्रेग पाउसनले वेस्ट ब्रोमको एक गोललाई मान्यता दिएनन् भने लिभरपुललाई पेनाल्टी प्रहार गर्ने अवसर तथा वेस्ट ब्रोमले गरेको तेस्रो गोललाई ढिलो गरी मान्यता दिएका थिए । खेलमा अग्रता भने लिभरपुलले ५ मिनेटमा रोबर्टो फिर्मिनोको गोलवाट लिएका थियो । तर दुई मिनेट पनि बित्न नपाउँदै वेस्ट ब्रोमका इंग्लिस खेलाडी जे रोड्रिग्वेजले बराबरी गोल गरे ।

रोड्रिग्वेजले नै ११ मिनेटमा लिभरपुलको पोष्टमा अर्को गोल छिराएपछि वेस्ट ब्रोम एक गोलले अघि बढ्यो । पेनाल्टीमा फिर्मिनोले गोल गर्ने मौका गुमाएपछि लिभरपुल खेल बराबरी गर्नबाट चुक्यो । लिभरपुलका जोल मटिपले पहिलो हाफको इन्जुरी समयमा आफ्नै पोष्टभित्र गोल गरेपछि स्ट ब्रोमको अग्रता ३–१ मा पुग्यो । दोस्रो हाफको ७८ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेलमा फर्किने आश देखाए । तर खेलअवधिभर करिब ६९ प्रतिशत समय लिभरपुलले आफ्नो पक्षमा बल राखे पनि त्यसपछि कुनै गोल हुन नसक्दा वेस्ट ब्रोम विजयी हुन पुग्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !