फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया Nepalpatra फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया
२४ फाल्गुन २०७७, सोमबार

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया


विक्रम लामा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ ।

लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उहाँको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उहाँ प्रशिक्षणका क्रममा घाइते हुनुभएको थियो । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु