१२ बैशाख २०८१, बुधबार

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डद्वारा सम्मानित


bishal and rubina

८ माघ, झापा । राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे ।

युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जितेका हुन् । त्यस्तै गरि पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !