प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य Nepalpatra प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य
१८ फाल्गुन २०७७, मंगलबार

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य


प्रधानमन्त्री कप क्रिकेट प्रधानमन्त्री कप क्रिकेट

काठमाडौँ । चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रन बनाउनुभयो ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिनुभयो । यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो ।

वाग्मतीले ३१ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १६९ रन बनाएको छ । वाग्मतीका आकाश थापा, पारस खड्का र आदिल खान पवेलियन फर्किनुभएको छ । थापाले आठ बल खेल्दै तीन चौकाको मद्दतमा १३ तथा खड्काले १९ बलमा तीन चौका हान्दै २० रनको योगदान दिनुभयो । यस्तै खानले अर्घशतकीय पारी खेल्नुभयो । उहाँले ८६ बलमा ६३ रन बनाउनुभयो । यसक्रममा खानले १० चौका प्रहार गर्नुभयो । अहिले पृथु बाँस्कोटा र इशान पाण्डेले ब्याटिङ गरिरहनुभएको छ । बाँस्कोटाले अद्र्धशतक प्रहार गर्नुभएको छ । बलिङतर्फ सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा विनोद लामाले एक विकेट लिनुभएको छ ।

वाग्मतीले आइतबार आफ्नो पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराएको थिया । गण्डकी र प्रदेश नम्बर भने यसअघि आ–आफ्ना खेलमा पराजित भएका थिए । गण्डकी नेपाली सेनाको त्रिभुवन आर्मीसँग ९८ रनले हारेको थियो भने प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !