८ बैशाख २०८१, शनिबार

दक्षिण अफ्रिकाले जित्यो भारतविरुद्धको सिरिज


daxin

एजेन्सी
४ माघ्ज, दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १ सय ३५ रनको जित निकाल्दै भारतविरुद्धको तीन टेस्टको सिरिजमाथि २ – ० ले कब्जा जमाएको छ । चौथो इनिङमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत बुधबार पाँचौँ दिन १ सय ५१ रनमै समेटियो ।

सेन्चुरियन पार्कमा दोस्रो टेस्टको अन्तिम दिन भारतले २ सय ५२ रन बनाउनुपर्ने थियो । तर, भारतले केवल १ सय १६ रन मात्र बनाउन सक्यो। पाँचौँ दिन भारतसँग ७ विकेट बाँकी थियो । भारतले दिनको सुरुवात ३५–३ बाट गरेको थियो ।

खेल सुरु भएको १५ ओभरसम्म भारतीय ब्याट्सम्यान संयमित देखिए। चेतेश्वर पुजारा १९ रनको अवस्थामा रनआउट भएपछि भारतको विकेटपतन सुरु भएको थियो । विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेल १९ रनमा आउट भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !