७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा आर्मी क्लव र नेपाल प्रहरी विजयी


football

३ माघ , दाङ । राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरी विजयी भएका छन् । दाङको घोराहीमा बुधबार भएको प्रतियोगीतामा पूर्वाञ्चल क्षेत्रीय टिमलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा नेपाल आर्मीका १४ नम्बर जर्सी लगाएका खेलाडी विवेक बस्नेतले १७औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
आर्मीका १६ नम्बर जर्सी लगाएका खेलाडी दीपकुमार लामाले गोल गर्दै क्लवलाई २ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, तुलसीपुरको अरनिको मैदानमा भएको अर्काे खेलमा नेपाल प्रहरीले पश्चिमाञ्चललाई ४–० ले हराउँदै विजयी भएको हो । प्रतियोगिताअन्तर्गत मंगलबार सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरीको टिम विजयी भएका दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !