८ बैशाख २०८१, शनिबार

फुटबलवाट रोनाल्डिन्होले लिए सन्यास


ronaldi

३ माघ, काठमाण्डौ । ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलवाट सन्यास लिएका छन् । यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् ।

२००२ मा ब्राजिलको विश्वकप टोलीमा ३७ वर्षीय रोनाल्डिन्हो थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्मानमा ब्राजिल, युरोप र एसियामा श्रृखलावद्ध खेल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !