१३ बैशाख २०८१, बिहिबार

साउथ एसियन साइड फुटबलमाथि छानविन गर्न माग


foodball

१ माघ, काठमाण्डौ । १२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी भुटान र माल्दिभ्सका खेलाडीमाथि प्रश्न उठेको भन्दै छानविनको माग भएको छ । अखिल नेपाल फुटवल संघ, कास्कीका पूर्वसचिव सुदर्शन रञ्जितले विज्ञप्ति जारी गर्दै छानविनको माग गरेका हुन् ।

माल्दिभ्स र भुटानको नाममा खेलेका खेलाडीहरु भारतीय भएको खबरहरु आएको भन्दै उनले भनेका छन्, ‘सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तराष्ट्रिय छवी कहाँ पुग्ला ? यदि यो सत्य हो भने अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो भन्ने मैले बुझेको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !