११ बैशाख २०८१, मंगलबार

नेयमारले रियो ओलम्पिक खेल्ने, कोपा अमेरिका नखेल्ने


neymar

९ वैशाख, काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेयमार कोपा अमेरिका नखेल्ने भएका छन् । तर, रियो ओलम्पिक भने खेल्नेछन् ।

नेयमारले व्यवसायिक फुटबल खेल्दै आएको स्पेनिस क्लब बार्सिलोनाले नेयमारले रियो ओलम्पिक खेल्ने जानकारी दिएको हो ।

नेयमारले दुबै प्रतियोगिता खेल्न चाहेका थिए । र, ब्राजिलियन एएफले बार्सिलोनालाई प्रसताव गरेको थियो । तर, क्लबले लामो समयसम्म आफ्ना स्टार फवार्डलाई गुमाउन चाहेन ।

कुनै पनि क्लबले ओलम्पिकका लागि खेलाडीलाई देशबाट खेल्न दिनु पर्ने बाध्यकारी छैन । तर, कोपा अमेरिकाका लागि पर्छ ।

ब्राजिल र बार्सिलोनाबीच भने नेयमारलाई ओलम्पिक खेल्न दिने तर, कोपा अमेरिका छाड्ने सहमति भएको छ ।

कोपा अमेरिका जुन २ देखि ३६ सम्म अमेरिकामा हुँदैछ । रियो ओलम्पिक अगष्ट ३ देखि २० सम्म हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !