८ बैशाख २०८१, शनिबार

नेपाली क्रिकेटर लामिछाने कोरोना संक्रमणमुक्त


सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !