८ बैशाख २०८१, शनिबार

क्रिकेट लिग डिभिजन-टूकालागि नेपाली टोली पुन: तयारीमा


crecket

२५ पुस, काठमाडौं । नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि नेपाली टोलीले तयार सुरु गरेको छ । यो नेपालका लागि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने अन्तिम बाटो मात्र होइन, नेपाली क्रिकेटको भविश्यसँग पनि जोडिएको छ ।

डिभिजन टूमा नेपालसँगै केन्या, यूएई, नामिबिया, क्यानडा र ओमान छन् । पाँच खेल खेल्दा डिभिजन टूको शीर्ष दुई टोली डिभिजन वानमा उक्लिनका साथै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपाली टोलीका लक्ष्य डिभिजन वानमा उक्लिने र विश्वकप छनोट खेल्ने नै हो तर, यदि माथिल्लो डिभिजनमा उक्लिन सकिएन भने नेपाली क्रिकेटको भविश्य के हुन्छ भन्ने चिन्ता पनि देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !