६ बैशाख २०८१, बिहिबार

राखेप च्याम्पियनसिप ४२औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता इटहरीमा सुरु


womens-football-TACvNPC-550x360

२३ पुस, इटहरी । राखेप च्याम्पियनसिप अन्तर्गत ४२औं एथ्लेटिक्स प्रतियोगिता इटहरीमा आजवाट सुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरे ।

प्रतियोगिताको पहिलो दिन आइतबार भएका खेलहरुमा १० हजार मिटर दौडमा पुरुषतर्फ एपीएफ क्लवका गोपीचन्द्र पार्की र महिलातर्फ त्रिभुवन आर्मीकी विश्वरुपा बुढाले स्वर्ण जितेका छन् । महिलातर्फको उदघाटन खेलमा आर्मीकी बुढाले ३७ मिनेट २९.५९ सेकेन्डमा दौड पूरा गदै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा आर्मीकै रेसु बस्नेतले रजत तथा एपीएफकी बिन्द्रधन्के श्रेष्ठले काश्य जिते । त्यस्तैगरि पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३२ मिनेट २०.८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । आर्मीका गजेन्द्र राईले रजत र टीका कटुवालले काश्य जिते ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !