१३ बैशाख २०८१, बिहिबार

कतार एयरवेजले आगामी विश्वकपमा रुस भ्रमणका आर्कषक प्याकेज ल्याउँदै 


World Cup 2018 विश्वकप २०१८

२१ पुस, एजेन्सी । रुसमा हुने विश्वकप हेर्न इच्छुकहरुलाई कतार एयरवेजले आकर्षक प्याकेजहरु प्रदान गर्ने बताएको छ । कतार एयरवेज होलिडेजले उडानको टिकट, बस्ने होटल, खेल हेर्ने टिकटको समेत व्यवस्था र एउटा पूरा प्याकेज प्रदान गर्ने बताएको हो ।

जुन १४ वाट सुरु हुने विश्वकप फुटबल खेलको सेमिफाइनल र फाइनलका लागि आकर्षक प्याकेज रहेको कतार एयरवेजले जानकारी दिएको छ । फिफाको आधिकारिक पार्टनरका रुपमा काम गर्ने भनेको कतार एयरवेजले विश्वकप खेलभरि मार्केटिङ र ब्रान्डिङको जिम्मा लिने बताएको छ ।

कतार एयरवेजले २०१८ रुस र २०२२ कतारमा हुने दुवै विश्वकपका लागि मार्केटिङ गर्ने भएको हो । यसैवर्ष सेन्टपिटर्सबर्गमा हुने खेलमा मात्र ठूलौ संख्यामा दर्शकहरु उपस्थित हुने अनुमान गरिएको छ ।

गतवर्ष विश्वको सबैभन्दा उत्कृष्ट कम्पनी बन्न सफल भएको कतार एयरवेजले पछिल्लो महिनादेखि रुसको सेन्ट पिटर्सबर्गसँग पनि हवाई सम्पर्क राख्ने भएको थियो । त्यसकारण अहिले कतार एयरवेजले दैनिक सेन्टपिटर्सबर्गसम्म उडान भर्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !