८ बैशाख २०८१, शनिबार

अपराजित यात्रा म्यानचेष्टर सिटीको कायमै


food

१९ पुस, काठमाण्डौ ।  प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । २२ औं खेलमा गएराती वाटफोर्टलाई ३–१ गोल अन्तरले हराउँदै दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडसँगको दुरी पुन: १५ अंकमा सिटिले पुर्‍याएको हो ।

राहिम स्टर्लिङले म्यान सिटिको खाता खेलको पहिलो मिनेटमै खोलेका थिए । १३ औँ मिनेटमा उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको सिटिका लागि ६३ औँ मिनेटमा सर्जियो अगुईरोले अर्को गोल थपेका थिए ।

वाटफोर्टले ८२ औँ मिनेटमा गोल फर्काएपनि त्यसपछिको खेलमा प्रभाव जमाउन नसक्दा हार ब्योहोर्न बाध्य भयो । २२ खेलको समाप्तीमा सिटि ६२ अंकका साथ तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । टटनह्यामले स्वान्सीलाई २–० ले गएराती स्तब्ध पार्यो । जारी सिजन १२ औँ जित हात पार्ने क्रममा टटनह्यामका लागि फर्नाण्डो लोरेन्ट र डेल अलीले गोल गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !