८ बैशाख २०८१, शनिबार

रोबर्ट लेवान्डोस्की बने युरोपेली वर्ष खेलाडी


रोबर्ट लेवान्डोस्की बने युरोपेली वर्ष खेलाडी

एजेन्सी, असोज १६ । बायर्न म्युनिकका ३२ वर्षीय स्ट्राइकर रोबर्ट लेवनडोस्की सन् २०१९-२० सिजनको युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् । पोल्याण्डका स्ट्राइकरले बायर्नका समकक्षी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनालाई पछि पार्दै उक्त उपाधि हात पार्न सफल भएका हुन् ।

पोलिस खेलाडीले च्याम्पियन्स लिगमा १५ गोल गरे र उनको टिमले छैटौं पल्ट च्याम्पियन्स लिग जितेको थियो । यस्तै उनले बुन्डेसलिगामा ३४ गोल गरे । जर्मन कपमा भने उनको पाँच गोल रह्यो ।

उनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले लिग र कप दुवै जितेको थियो । बायर्नलाई छैटौँ युरोपियन उपाधि दिलाएका ह्यान्सी फ्लीक उत्कृष्ट पुरुष प्रशिक्षक चुनिए । उनको नेतृत्वमा गत सिजन बायर्नका लागि सफलताको वर्ष रह्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !