८ बैशाख २०८१, शनिबार

१० खेलाडीमा सीमित बार्सिलोनाको लगातार दोस्रो शानदार जित


लियोनल मेसी

एजेन्सी, असोज १६ । ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएर १० जना मात्र खेलाडीमा सीमित भएको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको आफ्नो दोस्रो खेलमा शानदार जित हासिल गरेको छ । त्यसअघि नै ११ औँ मिनेटमा फातीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फिलिप कोन्टिन्होको पासमा फातीले गोल गरेका हुन् ।

लियोनल मेसी र अन्सु फाटीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार राति सेल्टा भिगोमाथि ३-० को जित रचेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको यो लगातार प्रभावशाली दोस्रो जित हो ।

लिग अन्तर्गत बिहीबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा आन्शु फाती र सर्गेइ रोबर्टोले गोल गरे । सेल्टा डी भिगोका लुकास ओलाजाले आत्मघाती गोल गरे ।

५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले आफ्नै पोस्टमा गोल गरे । रोबर्टोले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।

यसअघि बार्सिलोनाले पहिलो लिग खेलमा भिल्लारियललाई ४-० ले पन्छाएको थियो । मेसीले प्रहार गरेको बल ‘डिफ्लेक्ट’ हुँदा दोस्रो गोल आत्मघाती रह्यो । तेस्रो गोल सेर्गी रोबर्टोले गरे । बार्सिलोना सेल्टा भिगोको मैदानमा यसअघिका ५ खेलमा जित निकाल्न असफल रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !