१३ बैशाख २०८१, बिहिबार

आइपिएलमा कोलकाताको पहिलो जित, कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई


आइपिएलमा कोलकाताको पहिलो जित, कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

एजेन्सी, असोज ११ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेर आइपिएलकाे १३ औँ संस्करणमा जितको खाता खोलेको छ ।

पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो । शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्‍याे।

कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । आइपिएलमा आज आइतबार किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !