१३ बैशाख २०८१, बिहिबार

अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातका कारण निधन


डिन जोन्स

एजेन्सी, असोज ८ । अष्ट्रेलियन क्रिकेट टिमका पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ । जोन्सको हृदयघातका कारण भारतको मुम्बईमा निधन भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पुष्टि गरेको छ ।

उनी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को कमेन्ट्री टिमका सदस्यका रुपमा स्टार स्पोर्ट्समा आबद्ध उनी भारत आएका थिए । डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पुर्‍याएका थिए ।

उनले सन् १९८४ देखि १९९४ को अवधिमा अष्ट्रेलियाका लागि ५२ टेस्ट खेलेका उनले ३६३१ रन बनाएका थिए । उनले १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ६०६८ रन बनाएका थिए । जसमा ७ शतक र ४६ अर्धशतक समावेस छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !