४ बैशाख २०८१, मंगलबार

पारसको सतकमा नामिबियामाथि नेपालको सानदार जित


nepal won cricket

काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ ।
शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो ।
नेपालको जितका लागि पारस खड्का र शरद भेषवाकरले १६७ रनको साझेदारी महत्वपूर्ण रहयो । पारस खड्का ६ छक्का पाँच चौकासहित १०३ रन बनाएर आउट भए ।

नेपालको जीतका लागि कप्तान पारस खड्काको १०३ रन र शरद भेषवाकरको ७४ रन महत्वपूर्ण बन्यो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । यता राजेश पुलामी र सोमपाल कामी भने एक एक रन बनाएर आउट भए ।
यता बसन्त रेग्मीले समेत एक रन मात्र बनाए ।
नेपालको सात विकेट लिने क्रममा नामेबियाका सारेल बर्गरले तीन, जिभागो ग्रोइनेवाल्ड दुई तथा गेरी स्नाइमन र जेजे स्मिथले एक एक विकेट लिए ।
त्रिवी क्रिकेट मैदानमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.४ ओभरमा लक्ष्य पूरा गरेको हो ।
नामिबियाका लागि कप्तान स्टीफन बार्डले ६० बलमा ५१ तथा जेन ग्रिनले ८७ बलमा ४७ रन बनाएका थिए ।
नामिबियाका कप्तानलाई नेपालका सन्दिप लामिछानेले विकेट लिदै आउट गरेका थिए ।
नामिबियाका लागि सारेल बर्गरले नटआउट ४३ रन बनाएका थिए भने जेपी कोट्जेले ३२, निकोलाश स्चोल्ट्सले २२, जेजे स्मिथले १४, लोहान लरेन्सले १०, पिक्की या फ्रान्स चार तथा ग्रेहार्ड इरामस तीन रनमै आउट भएका थिए ।
नामिबियाका  गेरी स्नाइनम डक आउट भए ।
नामिबियालाई सस्तैमा समेट्नका लागि सन्दिप लामिछाने, बसन्त रेग्मी र शक्ति गौचनले समान दुई दुई विकेट लिएका थिए ।
शनिबारको जितले विश्वकप छनोट खेल्ने नेपालको सम्भावना जीवितै रहेका बेला सोमबारको जितले नेपालको सम्भावनालाई अझ बलियो बनाएको छ ।
सोमबारको जित सँगै नेपाल पाँचौ स्थानमा उक्लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !