८ बैशाख २०८१, शनिबार

भारतीय क्रिकेटर धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास


महेन्द्रसिंह धोनी

काठमाडौं, साउन ३१ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका धोनीले आज शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई सन् २००७ मा ट्वान्टी-२० टिमको कप्तानी दिइएको थियो । धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए ।

उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका थिए । त्यस्तै इन्डियन प्रिमियर लिगमा पनि धोनीले चेन्नई सुपर किंग्सलाई ३ पटक उपाधि दिलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !