८ बैशाख २०८१, शनिबार

नेपालको ब्याटिङ सुरु, ज्ञानेन्द्र र नरेश ओपनिङमा


nepal batting

६ बैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप  अन्तर्गत कीर्तिपुरमा जारी खेलमा २४० रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।
नेपालका खतर्फबाट उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर ओपनिङ जोडीको रुपमा क्रिजमा आएका छन् ।

नेपालले सातौं ओभरमा बिना कुनै क्षति २३ रन बनाएको छ ।
ज्ञानेन्दकाे स्क्वायर कट गर्दै पहिलो चौका हानेका हुन्

सुस्त ब्याटिङ गरिरहेका नरेश ६ रनमा एलबिडब्लु आउट भए । उनले १९ बल खेलेका थिए ।
शरद भेषावकर ब्याटिङमा आएका छन्

नेपालका अर्का ओपनर ज्ञानेन्द्र मल्ल २२ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्केका छन् ।

१४.१ ओभरमा ग्रोनवाल्डको बलमा कप्तान स्टेफन बार्डको हातबाट क्याचआउट भएका हुन् ।

क्रिजमा नयाा ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का आएका छन् । उनले चार बलमा १ छक्का र १ चौकाको सहयोगमा १० रन प्रहार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !