१३ बैशाख २०८१, बिहिबार

एएस रोमाद्वारा चेल्सी पराजित, बेनिफिकाको पोष्टमा म्यान्चेस्टर युनाईटेडको २ गोल


कार्तिक १५ | ईटालीको रोममा भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई ३-० ले पराजित गर्‍यो । रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको एफ.के काराबागले १-१ गोलको बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गगत समुह ए को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले पोर्चुगलको बेनिफिकालाई २-० ले हराउँदा रुसको सि.एस.के.ए मस्कोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई उसैको मैदानमा २-१ ले पराजित गर्‍यो ।
च्याम्पियन्स लिग समूह डि का दुवै खेल बराबरीमा टुंगिएका छन् ।

स्पेनको बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्दा ईटालीको युभेन्टस्ले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग १-१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । च्याम्पियन्स लिग फुटबलअन्तर्गगत समुह ई देखि एचसम्मका आठ खेल आज राति हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !