७ बैशाख २०८१, शुक्रबार

पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरून् : प्रधानन्यायाधीश जबरा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड-१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !