, राष्ट्रपति भण्डारीद्वारा राष्ट्रकवि माधव घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त

राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानलाई सधैँ सम्झिरहनेछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रकवि माधव घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छिन् ।

आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छिन् ।

यो पनि पढ्नुहोस्

नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमायो : प्रधानमन्त्री ओली