११ बैशाख २०८१, मंगलबार

भिडियो च्याटवाट गर्यो लियाे क्लब अफ काठमाडौं भृकुटीले वार्षिक साधारणसभा


लियाे क्लब अफ काठमाडौं भृकुटी

काठमाडौँ, जेठ २७ । काेराेना भाइरस (काेभिड-१९) संक्रमणकाे विश्वव्यापी प्रभावले गर्दा देश बन्दाबन्दीकाे बेलामा भएकाेले हरेक बर्ष जुन महिनामा हुने वार्षिक साधारणसभा लियाे क्लब अफ काठमाडौं भृकुटीले ईन्टरनेटको माध्यमबाट अनलाइन जुम एप मार्फत २०७७ जेष्ठ २५ गते सम्पन्न गरेकाे छ । क्लबका अध्यक्ष लियाे मनाेज खड्काकाे अध्यक्षतामा भएकाे साधारणसभामा लियाे जिल्ला ३२५ बि १ का निवर्तमान अध्यक्ष लियाे बिनायक पाैडेल, बर्ष २०२०/२१ का निर्वाचित जिल्ला अध्यक्ष लियाे आर्दश माेहन भट्टराई, बर्ष २०२०/२१ का निर्वाचित उपाध्यक्ष प्रकाश थापा क्षेत्री, रिजन सम्योजक लियाे मनिश अर्याल, लियाे योगेश गाैतम, लियाे अन्जान सुदान तथा लायन्स क्लब एफ काठमाडौ भृकुटीका निवर्तमान अध्यक्ष लायन्स सारदा कपाली, बर्ष २०२०/२१ काे क्लब निर्वाचित अध्यक्ष शान्ति सुवेदीकाे अतिथ्यतामा सम्पन्न भयाे ।

उक्त कार्यक्रममा लियाे क्लब एफ काठमाडौ भृकुटीकाे बर्ष २०१९/२० काे सम्पुर्ण कार्यक्रमहरूकाे विवरणहरू प्रस्तुत गरियाे । लायन्स जिल्ला ३२५ बि १ काे गभर्नर लायन्स इन्दु लम्साल ज्यूकाे शुभकामना सन्देशले सामाजिक कार्यमा अधि बढ्न अझ उर्जा मिलेकाे कुरा लियाे भृकुटी क्लबका निर्वाचित अध्यक्ष निरोज डङगाेलले व्यक्त गर्नु भयो ।

जुलाई १ २०१९ देखि जुन २५ २०२० सम्मकाे एक वर्षिय कार्यकालमा लियाे भृकुटी क्लबले कुल ३ अन्तरास्ट्रिय र ६६ राष्ट्रिय स्तरकाे कार्यक्रमहरू सम्पन्न गरेकाे विवरण क्लब अध्यक्ष खड्काले प्रस्तुत गर्नुभयाे । कार्यक्रमको समापन गर्दै भृकुटी क्लबको चार्टर्ड अध्यक्ष लियाे राेशन लम्सालले क्लबका निवर्तमान अध्यक्षलाई सफल कार्यकालकाे लागि बधाई ग्यापन गर्नुहुदै निर्वाचित अध्यक्ष निरज डङगाेललाई शुभकामना व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !