११ कार्तिक २०७७, मंगलवार

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो



bidesh-abroad

लण्डन, २७ जेठ । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ । त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् ।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डडेल्धुरा, ११ कात्तिक । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

टीकापुर, १० कात्तिक । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको