१३ बैशाख २०८१, बिहिबार

चन्द्रमा नदेखिएपछि गृहले सच्चायो ईदको सार्बजनिक बिदा


Ministry-of-home

काठमाडौं, जेठ । नेपाल सरकारले ईद (उल फित्र) का अवसरमा आज आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले फेरि अर्को नयाँ सूचना निकालेर ईदको सार्वजनिक बिदा भोली सोमवार दिने जानकारी दिएको छ । यसअघि शुक्रवार जेठ ९ एउटा सूचना निकालेर ईदको सार्वजनिक बिदा आज जेठ ११ गते दिने जानकारी थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ९ गते शुक्रवार बसेको बैठकले मुस्लिम धर्मावलम्वीहरूको ईद (ईदुल फित्र) को अवसरमा जेठ ११ गते आइतवारका सार्वजनिक बिदा दिन घोषणा गरेतापनि नेपाल र दक्षिण एसियाभर वाट जेठ १० गते चन्द्रमा नदेखिएको कारण उक्त पर्व जेठ १२ गते मनाइने निर्णय भएकोले सो बमिजिम सार्वजनिक बिदाका लागि मुस्लिम आयोगवाट अनुरोध भई आएको हुँदा जेठ ११ गते आइतवारको सट्टा जेठ १२ गते सोमवारका दिन ईदको सार्वजनिक बिदा कायम गरिएको जानकारी मन्त्रालयका शाखा अधिकृत गणेश तामांगले जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

भोली आइतबार सार्वजनिक बिदा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !