, भोली आइतबार सार्वजनिक बिदा दिने

भोली आइतबार सार्वजनिक बिदा दिने

काठमाडौँ, जेठ १० । नेपाल सरकारले भोली जेठ ११ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्वीहरूको ईद (ईदुल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त पर्व भोली जेठ ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।