१२ बैशाख २०८१, बुधबार

प्रदेश सरकारद्वारा गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्युप्रति दुःख व्यक्त


प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय

रुपन्देही, जेठ ८ । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । रूपन्देही जिल्लाको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको मन्त्री बरालले विज्ञप्ति मार्फत जनाएका छन् ।

मन्त्री बरालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं ।’ मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो । जेठ २ गते स्वाब संकलन गरी भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गर्दा जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !