लकडाउनमा कोठामा बस्नेलाई घरभाडा नलिन घरधनीहरुलाई आग्रह (विज्ञप्तिसहित) Nepalpatra लकडाउनमा कोठामा बस्नेलाई घरभाडा नलिन घरधनीहरुलाई आग्रह (विज्ञप्तिसहित)
१९ फाल्गुन २०७७, बुधबार

लकडाउनमा कोठामा बस्नेलाई घरभाडा नलिन घरधनीहरुलाई आग्रह (विज्ञप्तिसहित)


घरभाडा

चैत १३, धनकुटा । उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभरनै लकडाउन गरिएको अवस्थामा आम्दानीको माध्यम ठप्प रहेकाले संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थालाई संघले अनुरोध गरेको छ ।

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण उद्योग धन्दा, व्यापार व्यावसाय ठप्प रहेकाले यस्तो बिपतका वेलामा एकले अर्कालाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

उद्योग बाणिज्य संघ धनकुटा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !