७ बैशाख २०८१, शुक्रबार

ग्यासको अभाव भएमा नागरिकता लिएर जानुहोस् यहाँ पाईन्छ ग्यास (सम्पर्क नम्बरसहित)


ग्यास

काठमाडौं, चैत १२ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो ।

नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको हो । निगमले ग्याँसको आयात पर्याप्त रहेकोले आवश्यकता भन्दा धेरै ग्याँस सञ्चित नगर्न पनि आग्रह गरेको छ । माग बढेकैले निगमले थप १५००० टन ग्याँस माग गरेको पनि जनाएको छ ।

यी हुन् ग्यास बिक्री केन्द्रहरु

१. नेपाल र तारा ग्यास – बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट

२. सागर र चण्डी ग्यास – जडीबुटी बिक्री डिपोबाट

३. एसटीसी ग्यास – कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट

४. ओम ग्यास – थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट

५. बाबा, श्री र लुम्बिनी ग्यास – कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडिबाट

६. एचपी ग्यास – असिम किचेन एण्ड सप्लायर्स

७. सिद्धार्थ ग्यास – इमाडोलको केसी एलपी सप्लायर्सबाट

८. श्रीमाया ग्यास – सतुङ्गलको डिपोबाट

९. लोकप्रिय ग्यास – नैकापको भाञ्जा ट्रेडर्सबाट

१०. राजधानी ग्यास – सीतापाइलामा रहेको डिपोबाट

११. सूर्य ग्यास – जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट

१२. गीता ग्यास – धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट

१३. हिमाल ग्यास – भगवती वहालको प्रयास ट्रेडर्सबाट

१४. नमस्ते ग्यास – कागेश्वरी मनहराको कुमार स्टोरबाट

१५. भानु ग्यास – गोङ्गबुको लिला ग्यास डिपोबाट

१६. एभरेस्ट र सुगम ग्यास – सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट

१७. श्रीराम ग्यास – हरिसिद्ध ललितपुरको श्रीराम ग्यास

१८ मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट

सम्पर्क नम्बर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !