८ बैशाख २०८१, शनिबार

भोलीबाट दिनभर खाद्यान्न पसल खोल्नुपर्ने


खाद्यान्न पसल

११ चैत, काठमाडौं । नेपाल सरकारले भोली बुधबार १२ गतेबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्नुपर्ने बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्न सम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।

गृह मन्त्रालयका सह-सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !